बैंकिङ्ग समाचार काठमाडौं ।
विनियमावली संशोधनका कारण राष्ट्रिय वाणिज्य बैंकका ४०४ कर्मचारीको जागिर गुमेकाे छ । बैंकमा आन्तरिक, खुला तथा समावेशी तर्फ चारदेखि नौं तहसम्म परीक्षा दिई जागिर खाएका ६६१ जनामध्ये ४०४ जनाको जागिर गुमेको हाे । लोकसेवा आयोगले नै हस्तक्षेप गरी आफैँले विनियमावलीमा संशोधन गर्दै वाणिज्य बैंकमा संशोधित विनियमावली अनुसार परीक्षा सञ्चालन गररे अवैधानिक बाटोबाट परीक्षामा सामेल भएका परीक्षार्थीहरुको जागिर गुमेको हो ।
लोक सेवा आयोगको यहि असार २१ गतेकाे बैठकले सर्वोच्चको २०७७ मंसिर १७ मा भएको फैसला बमोजिम २०७५ चैत २२ मा सूचना प्रकाशित भई सञ्चालन भएका तह चारदेखि नौं तहसम्मका आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी तर्फका लिखित परीक्षाहरु रद्द गरेको हो ।
आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट २०७५ चैत्र २२ मा विज्ञापन नम्बर १५/०७५—७६, १६/०७५—७६, १९/०७५—७६, २२/०७५—७६ र २३/०७५—७६ आन्तरिक प्रतियोगिता र खुला प्रतियोगिता तथा समावेशी तर्फका विज्ञापन नं २४/२०७५—७६ देखि ६२/२०७५—७६ सम्मका लिखित परिक्षहरु आयोगबाट मिति २०७८ असार २१ मा रद्ध गर्ने निर्णय भएको जनाएको छ ।
प्रतिक्रिया