सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन, दुबै पक्षलाई अदालतमा बोलाइयो 

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन, दुबै पक्षलाई अदालतमा बोलाइयो 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
सामाजिक सुरक्षा कोषविरुद्ध बैंक, वित्तीय संस्थाका कर्मचारीले हालेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षको कुरा सुनेर मात्र अन्तरिम आदेश दिने निर्णय गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले ३१ गते दुबै पक्षलाई छलफलका लागि बोलाएका छन् । त्यसपछि अन्तरिम आदेश दिने÷नदिने निर्णय हुने छ।
मंगलबारको मुद्दामा कर्मचारीका तर्फबाट बहस भएको थियो। जीफण्डका तर्फबाट पनि ५ जनाले बहस गरेका थिए। जीफण्टका बकिलहरुले सामाजिक सुरक्षा कोषमा जानै पर्ने दलिल दिएका थिए। त्यसपछि केसीको इजलासले कोषसमेतसँग छलफल गर्ने गरी ३१ गतेलाई अर्को समय दिएका छन्।

३१ गते समय दिइएकाले अदालतमा यो बिचाराधिन भएको छ। बिचाराधिन मुद्दामा जबर्जस्ती आइज भनेर सामाजिक सुरक्षा कोषले भन्न नमिल्ने बैंकका कर्मचारीहरुको तर्क छ।

कर्मचारीले खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा काेषमा जबर्जस्ती लैजान खोजेको भन्दै गत आइतबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए।