सामाजिक सुरक्षा कोषले तनाब दिएपछि जागिरै छाड्ने अवस्थामा बैंकका कर्मचारी, मुद्दाको तयारी

सामाजिक सुरक्षा कोषले तनाब दिएपछि जागिरै छाड्ने अवस्थामा बैंकका कर्मचारी, मुद्दाको तयारी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलित बनेका छन्। असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि उनीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा बिरोधको कार्यक्रम सुरु गरेका हुन्। आन्दोलन माछापुच्छ्रे बैंकबाट सुरु भएको छ। माछपुच्छ्रेसँगै नेपाल बंगलादेश ९एनबी० बैंक, नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा सुरु भइसकेको छ ।

बाँकी संस्थाले पनि शुक्रबारबाट सुरु गर्ने सम्बन्धित बैंकका वित्तीय संस्थाका युनियनहरुले जानकारी दिएका छन्।
बैंकका कर्मचारीहरु पनि अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि उनीहरु आन्दोलित भएका हुन्। उनीहरुका अनुसार, आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूल धन डुब्ने छ।

त्यही भएर यसलाई स्वैच्छिक बनाउन उनीहरुले माग गरेका छन्। पहिलो चरणमा उनीहरुले आफ्नो बैंकको व्यवस्थापनलाई विरोधपत्र बुझाउन थालेका छन्।

कर्मचारीले कोषलाई स्वैच्छिक बनाउन पहल गरिरहेको बताउँदै कोसँग वार्ता गर्ने भनेर सम्बन्धित व्यक्ति र संस्था नै नभेट्टाएको बताएका छन्।

उनीहरुका अनुसार, दुईचार दिनमा समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउँदै अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको छ। उनीहरुले अदालतमा मुद्दा हाल्नका लागि त्यसको ब्यहोरा भने तयार पारेका छन्।

सरकारी र निजी क्षेत्रबीचका कर्मचारीबीच विभेद गरिएको कुरा मुद्दाको ब्यहोरामा उल्लेख गरिएको छ। यसैबीच नेपाल बैंकर्स संघले अन्दोलनरत कर्मचारीको माग पूरा गराउन पहल गर्ने भएको छ । कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अवद्धताका लागि सहजिकरण गर्ने समन्वय संघले गर्ने भएको हो ।