‘बलियो योजनासहित उद्यमी बन्न चाहेकालाई नबिल बैंकले २ दिनमै कर्जा दिन्छ’

‘बलियो योजनासहित उद्यमी बन्न चाहेकालाई नबिल बैंकले २ दिनमै कर्जा दिन्छ’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनोज रेग्मी, बैंकिङ्ग समाचार काठमाडौं । 
नबिल बैंकले नबिल दिगो बैंकिङ्ग स्थापनाको घोषणा गरेको छ । यो अलिक फरक र वृहत अवधारणा भएको मान्न सकिन्छ । नबिल दिगो बैंकिङ्गको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ्ग नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने यसको मुख्य उद्देश्य छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङ्गले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको छ ।

१७ वटा ग्रामीण शाखामा पाइलट प्रोजेक्ट गर्दैछौँः कृष्ण सुवेदी  \"\"
खुद्रा निक्षेप एवंम सञ्चार विभाग प्रमुख
, नबिल बैंक 

नबिल बैंकले पछिल्लो समय समग्र बैंकिङ्ग क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभाव ल्याउन सक्षम भएको छ । अब मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थ व्यवस्थामा पार्ने प्रभावहरूको बारेमा सचेत रहन आवश्यक भइसकेको छ । त्यसैले दिगो बैंकिङ्ग विभाग स्थापनाको जरुरत पर्न गएको हो । हामी नाफा अधिकतमका लागि मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौं । यसले  वित्तीय, सामाजिक र आर्थिक मुल्यलाई जोड्ने प्रयास गर्दछ ।  यसका साथै हामीले समाज र समग्र ‘इकोसिस्टममा’ विचार गर्नेछौं। दिगो बैंकिङ्ग क्षेत्रमा एउटा नयाँ अनुशासनलाई अघि बढाउन खोजिएको पनि हो । समाजमा भएका विकिृति ल्याउने व्यवसाय हो कि होइन, विवेदकारी विषय हो कि होइन यस्ता थुप्रै खाले विषयलाई पनि यो योजनाले मध्यनजर गर्दछ । कस्टुमरको आवस्यकतालाई कस्टोमाइज गर्दै उसले अगाडी सारेको योजनालाई बैंकिङ्ग कारोबारको दायरामा ल्याई उद्यमी बन्ने आम ग्राहकको सपनालाई दिगोपनाको आभास दिन खोजेको हो ।   

ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा योजना ल्याएको छ । यी उत्पादनहरू देश व्यापीरुपमा सबै शाखाहरूमा ल्याइएता पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा केन्द्रित रहनेछ । सुरुवाती अवस्थामा काठमाडौं जस्ता शहरी इलाकामा यो सेवा उपलब्ध गराइनेछैन । ग्रामीण भेगमा पाइलट प्रोजेक्ट गर्दा उत्पन्न हुने समस्यालाई सहजीकरण गर्दै लैजाने पनि बैंकको योजना छ । शहरी क्षेत्रमा ठुलो धन खर्चेर ठुलो लगानी आवश्यकताको खोजीमा रहेका किसानहरुलाई नभई ग्रामीण भेगमा साना भन्दा साना किसानहरुको अवश्यकतालाई परिपूर्ती गर्ने खालको योजना हो यो । उदाहरणकै लागि कसैलाई कृषिको लागि विउविजन तथा मल खरिदको लागि  लागि रकम आवश्यक्ता छ भने उसैलाई प्रदान गर्ने योजनामा हामी लागेका छौँ । भन्नुको मतलब किसानका साना भन्दा साना आवश्यकतालाई सम्बोधन गर्दै उनीहरुलाई दिगो रुपमा अगाडी बढ्नो हाम्रो योजना हो । 

मुख्य उद्देश्य भनेको नै दिगो आर्थिक विकास र समाज रुपमान्तरण हो​​​:लिला प्रसाद ओझा\"\"
दिगो बैंकिङ्ग विभाग प्रबन्धक, नबिल बैंक 

कर्जा पक्रिया र जनतासँग जोडिएका विषयहरुमा ‘प्राक्टीकल’ समस्याहरु पक्कै छन । नयाँ योजना कार्यन्यनमा कही चुनौतीहरु पनि छन । हामीले सार्वजनिक गरेका कर्जाहरु नितान्त ग्रामीण किसानहरुको लागि  हो । यस्तै समस्याहरुलाई मध्यनजर गर्दै आफ्ना दिगो प्राथमिकता तर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिइभिटी) सँग सम्झौता पनि गरेको छ ।

ग्रामीण भेगमा कर्जा लिनको लागि ग्राहकहरुले अलिक झनझट मान्ने परिवेश अझै बाँकी नै छ । यो कुरा सत्य हो । हामीले २ दिनमै कर्जा पाउने भनेर भन्दै गर्दा अलिक अपत्यारिलो पनि लाग्ला । तर वास्तविकता भने फरक छ । यदी कुनै ग्राहकले बलियो योजना, उद्यमी बन्ने चहाना र आवश्यक कागजात परिपूर्ती गर्न सक्छ भने उसले दुई दिन हैन एकै दिनमा पनि कर्जा पाउन सक्छ । 

मानौ सिइटिइभिटीबाट कुनै किसानले च्याउ खेतीको लागि तालिम लिनुभयो । तालिम लिइसकेपछि क्रण लिनुपरेको खण्डमा हामीले उहाँहरुलाई सहजीकरणको वातावरण सिर्जना गर्नतर्फ पनि बैंक लागिपरेको छ । कागजी प्रक्रिया मिलेको र योजना भएको खण्डमा सजिलै कर्जा उपल्ब्ध गराउने हो । अझ सानो आकारको कर्जाको लागि हामीले बिना कुनै झनझट ‘एप्लिकेसन’ मार्फत एकै दिनमा कर्जा प्रदान गर्ने संयन्त्र तय गरेका छौँ । यसको मुख्य उद्देश्य भनेको नै दिगो आर्थिक विकास र समाज रुपमान्तरण हो । 

\"\"