ललितपुर फाइनान्सलाई नेपाल फाइनान्समा गाभ्न राष्ट्र बैंकले दियो अनुमति

ललितपुर फाइनान्सलाई नेपाल फाइनान्समा गाभ्न राष्ट्र बैंकले दियो अनुमति

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्सलाई नेपाल फाइनान्समा गाभ्नको लागि अनुमति दिएको छ ।

दुवै संस्थाको विशेष साधारणसभाले एक्विजेशनमा जाने निर्णय गरेका थिए । राष्ट्र बैंकबाट अनुमति आएको र असारभित्र एकीकृत कारोबार गर्ने नेपाल फाइनान्सेले जनाएको छ ।

ललितपुर फाइनान्सलाई गाभेपछि नेपाल फाइनान्सको चुक्ता पूँजी ५० करोड पुग्ने छ । नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा स्थापना भएको नेपाल फाइनान्स समस्याग्रस्त घोषणा भएको थियो । नयाँ लगानीकर्ता प्रवेशपछि नेपाल फाइनान्स सुधारको क्रममा रहेको छ ।

एक्विजेशनपछि नेपाल फाइनान्सको निक्षेप ७५ करोड पुग्ने छ भने कर्जा ७० करोड पुग्ने छ । १२ स्थानमा शाखा हुने छ । मंसिरभित्रमा ८० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ ।