बैकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिराहा जिल्लामा सिराहा शाखा सञ्चालनमा ल्याएको छ । सिरहाजिल्लाको सदरमुकाम सिराहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा समुद्घाटन गरे । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखा सगैँ सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।
बैकले पुर्व झापादेखि पश्चिम कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानबाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, बंैकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन्।
प्रतिक्रिया