रु. १.२ अर्बको ‘कुमारी धनवृद्धि योजना’ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति माग

रु. १.२ अर्बको ‘कुमारी धनवृद्धि योजना’ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति माग

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘कुमारी धनवृद्धि योजना’ नामक म्युचुअल फन्ड निष्कासनको तयारी गरेको छ।

यसका लागि योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडले गत जेठ १० गते नेपाल धितोपत्र बोर्डमा निष्कासन अनुमति मागेको छ।

कोष प्रवर्द्धक कुमारी बैंक लिमिटेड रहेको यस योजनाका १ अर्ब २० करोड रुपैयाँबराबर इकाइ निष्कासन गर्ने तयारी कुमारी क्यापिटलले गरेको छ। धितोपत्र बोर्डको अनुमति पाए कुमारी क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। 

यो बन्दमुखी योजना हो। धितोपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।