साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् ।

तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्ष डा.ढकाललाई वित्तीय संस्थाको आषाढ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

प्रशासनिक विज्ञान विषयमा विद्यावारिधि गरेका डा.ढकाल विगत ३० वर्ष देखि प्राध्यपन र अनुसन्धान क्षेत्रमा आवद्ध रहँदै आएका छन् । साथै उनीसँग साविक कसमस डेभलपमेण्ट बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा ६ वर्ष काम गरेको अनुभव छ ।