राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधि संशोधन, समस्यामा परेका जलविद्युत् आयोजनाहरुलाई राहत

राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधि संशोधन, समस्यामा परेका जलविद्युत् आयोजनाहरुलाई राहत

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
पाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ । राष्ट्र बैंकले कार्यविधि संशोधन गरि ’नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७, दोस्रो संशोधन सहित’ लागु गरेको हो ।
राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनरकर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ । कार्यविधि संशोधनसँगै अब हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न तथा दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनाहरुमा पुनरकर्जा प्रदान गर्न बाटो खुलेको छ ।

ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई र निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनरकर्जा नवीकरण गर्न सक्ने ब्यबस्था कार्यविधिले गरेको छ ।

बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा रु २० करोडसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी रु ५० करोडसम्म पुनरकर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको मानिनेछैन । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

समस्यामा परेका जलविद्युत् आयोजनाहरुलाई राहत

समस्यामा परेका जलविद्युत् आयोजनाहरुले पुनर्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ। केन्द्रीय बैंकले  ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो।

केन्द्रीय बैंकले प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, रु पाँच करोडसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध लगराएको छ। उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिन्छ। कूल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनरकर्जा प्रदान गरिनेछ। अध्ययन समितिले १० मेगावाट भन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो। कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ।