आगामी आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित ढंगबाट प्रस्तुत हुन्छः गभर्नर अधिकारी

आगामी आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित ढंगबाट प्रस्तुत हुन्छः गभर्नर अधिकारी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित ढंगबाट प्रस्तुत हुने बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले आगामाी आवको मौद्रिक नीति सन्तुलित ढंगले सबैलाई बचाउने प्रयासमा केन्द्रित हुने धारणा राखेका हुन् ।

‘अर्थतन्त्र सन्तुलित र चलायमान हुने नीति ल्याउनु पर्छ भन्ने विषयमा राष्ट्र बैंक जानकार छ, हामीले बैंकलाई पनि मर्का नपर्ने र उद्योगी र व्यवसायीलाई पनि समस्या नहुने किसिमले नीति ल्याउँछौं, तर पनि अहिले अवस्था कठीन छ, ’ उनले भने ।

यस्तै कार्यक्रममा गभर्नर अधिकारीले कोरोना भाइरसको कारण अर्थतन्त्र अझै समस्यामा भएको उल्लेख गर्दै यस्तो अवस्थामा धेरै सोचेर नीति ल्याउनु पर्ने अवस्था भएको बताए ।

‘उद्योगी व्यवसायीहरु पनि पलायन हुने स्थिति नहोस्, बैंकहरुलाई पनि मर्का नहुने नीति ल्याउने हामी प्रयास गर्छौं, सबै बाँच्ने र बचाउने नीति ल्याउनेमा हामी प्रयासरत छौं, तर पनि अहिलेको समय ठूलो चुनौतिको छ, हामी अझै यो चुनौतिलाई चिर्ने नीति ल्याउँछौं,’ उनले भने ।