आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसनबीच डिजिटल कारोबारमा सम्झौता

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
आई पे रेमिटले मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्रइरहेको छ । 

हालको परिस्थितीलाई मध्यनजर गर्दै आवको दिनहरुमा डिजिटल कारोवार नै वढि समय सापेक्ष हुने भएकाले हाम्रो कारोबार लाई पनि डिजिटल माध्यमाचुस्त राख्नको लागि विभिन्न डिजिटल कारोवार गर्ने संस्थाहरुसंग सहर्काय गरि अघि बढ्ने कम्पनिको प्रमुख उद्देश्यलाई मध्यनजर गर्दै पे रेमिट र नेपाल पेमेन्ट सोलुसन बिच डिजिटल कारोबारमा सम्झौता भएको हो । 

सम्झौतापत्रमा आई पे रेमिटका कार्यकारी इन्द्र प्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठले हस्ताक्षर गरे । रियल टाईम एकाउन्ट डिपोजिटसुविधा साथै नेपालका विभिन्न वालेटमा रियल टाईम टप अप सुविधामा नेपाल पेमेन्ट सोलुसन सँगको सम्झौता पछि झन् प्रभावकारी र गुणस्तरिय हुने आई पे रेमिटका बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराए ।