नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग

नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नको लागि आगामी साउन १ गते देखि लागू हुने गरि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौंलाई शेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता–पत्रमा असार ६ गते हस्ताक्षर गरिएको छ । उक्त सम्झौतपत्रमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रबन्ध संचालक सुधिर श्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

आरविवि मर्चेन्ट बैकिङ्ग लि. राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर लिमिटेड हो ।