बैंकका सम्पूर्ण शाखाहरु खुले, भिडभाड गरे कारवाही

बैंकका सम्पूर्ण शाखाहरु खुले, भिडभाड गरे कारवाही

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

काठमाडौं उपत्यकामा हाल जारी रहेको निषेधाज्ञा थप एक साता थपिएको छ । आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी असार ८ गतेदेखि एक साता अर्थात असार १४ गतेसम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

बैठकले हाल जारी रहेको निषेधाज्ञालाई खुकुलो बनाई अब असार १४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अब निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था र बीमा कमपनीहरु भने पूर्ण रुपमा खोल्न पाइने भएको छ । यस अघि सीमित शाखा र कर्मचारीमा मात्रै सेवा दिने व्यवस्था थियो । अब भने भिडभाड नगरेर सेवा दिन पाइने भएको हो ।

भक्तपुरका प्रुमख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भिडभाड नगरेर सबै शाखा र पूर्ण जनशक्तिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु खोल्न पाइने बताए । उनका अनुसार भिडभाड गरे कारवाही हुनेछ । यस्तै, सवारी साधन पनि जोड बिजोर लागू गरेर सञ्चालन हुनेछन् ।

यससँगै आइतबार, मंगलबार र बिहीबार सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न पाइने भएको छ । त्यस्तै, सोमबार, बुधबार र शुक्रबार सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाइने उनकाे भनाइ छ। साथै, उक्त पसलहरु बिहान ११ बजेदेखि ४ बसेसम्म सञ्चालन गर्न दिईने उनले बताए।

निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ भने खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न पाइने गरी बैठकले निर्णय गरेको छ ।