नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपालक्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक समूहअन्तर्गतको ९,००,००० कित्ता शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु.१४० ।– रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागिकुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ, संस्था तथा व्यक्तिहरुले मिति २०७८ असार२गते देखि मिति २०७८ असार १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिनचाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।