नबिल बैंकले किन बन्द गर्दै छ ३ दिन सेवा ?

नबिल बैंकले किन बन्द गर्दै छ ३ दिन सेवा ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।  

नबिल बैंकले आगामी असार ४ गते शुक्रबार ४ बजेदेखि असार ७ गते विहान ९ बजेसम्म सेवा बन्द गर्ने भएको छ ।

नबिल बैंकले कोर बैंकिङ सिस्टम स्तरोन्नती गर्नुपर्ने भएकाले उक्त अवधिसम्म बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एटीएम, कार्ड (क्रेडिट/प्रिपेड कार्ड बाहेक’ रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्णरुपमा बन्द रहने बैंकले जानकारी दिएको छ ।

बैंकिङ कारोबारहरु बन्द रहने मितिमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरुका लागि सम्बन्धित शाखा कार्यालयमा अग्रीम रुपमा सम्पर्क राख्न समेत अनुरोध गरुेको छ ।