बैकिङ्ग समाचार, काठमाडौं ।
गत एक सातामा (जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले आज (जेठ ३१ गते, साेमबार) सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे ।
जेठ २१ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा जेठ २८ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरूले ३९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका तथ्यांकमा उल्लेख छ । जस अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३ अर्ब रूपैयाँले बढेको हाे ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ । एक साता बैंकहरुको कर्जा लगानी ८ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेकाे हाे । अघिल्लाे साता अर्थात् जेठ २१ गतेसम्म वाणिज्य बैंकहरूले ३६ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
प्रतिक्रिया