एक्सेल डेभलपमेन्ट बैंकले ३०% हकप्रद ल्याउने, धितोपत्र बोर्डसँग अनुमति माग

एक्सेल डेभलपमेन्ट बैंकले ३०% हकप्रद ल्याउने, धितोपत्र बोर्डसँग अनुमति माग

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
एक्सेल डेभलपमेन्ट बैंकले ३०% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । एक्सेलले १०ः३ अनुपातमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । 
 
चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले एक्सेलले ३०% हकप्रद ल्याउन लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि भने यसको चुक्ता पुँजी १ अर्ब ५ करोड पुग्नेछ ।