बैकिङ्ग समाचार ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमार याक्साेले पदबाट स्वेच्छिक अवकाशकाे लागि राजिनामा दिएका छन् । उनकाे राजिनामा असार १ गतेदेखि लागू हुनेगरी संस्थाकाे सञ्चालक समितिले स्वीकृत गरेकाे छ ।
संस्थाकाे जेठ २९ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले राजेन्द्र प्रसाद न्यौपानेलाई असार १ गतेदेखि लागू हुनेगरी निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।
उनले नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति निर्देशन, अन्य नियमनकारी निकायका निती नियमकाे परिधिभित्र रही दैनिक आर्थिक तथा प्रशासनिक कार्यहरू सञ्चालन गर्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे सूचना
प्रतिक्रिया