माछापुच्छ्रेको रेमिट एप वालेट अफरः युरोकपको प्रिडिक्ट गर्दा ५० हजारसम्म जित्ने मौका

माछापुच्छ्रेको रेमिट एप वालेट अफरः युरोकपको प्रिडिक्ट गर्दा ५० हजारसम्म जित्ने मौका

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
माछापुच्छ्रे बैंकले बैकिङ्ग क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याएको डिजिटल वालेट रेमिट एपको प्रयोग गर्दा विभिन्न अफरहरु पाउन सकिन्छ । हालसालै सूरु भएको युरोकपलाई मध्यनजर गर्दै उक्त एपमा कुन टिमले जित्ला भनी प्रिडिक्ट गर्दा सबैभन्दा बढि मिलाउने ग्राहकहरुले ५० हजार रुपैँयासम्म जित्न सक्ने बताइएको छ ।

बैकिङ्ग समाचारसँग कुरा गर्दै बैंकका डिजिटल बैकिङ्ग प्रमुख सुनिल खतिवडाले उक्त रेमिटट्याप एपको प्रयोगबाट ग्राहकले युरोकपमा ‘प्रिडिक्ट एण्ड विन’ मार्फत सर्वाधिक मिलाउने ग्राहकले दैनिक १००० रुपैँयासम्म जित्ने बताए । उक्त रेमिट एपमा रिर्चाज कोर्दा क्यासब्याक अफर पनि छ । उनका अनुसार रेमिट एपको प्रयोग गरी विद्युत, खानेपानी, हस्पिटल, होटल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, टेलिफोन, इन्टरनेट र टेलिभिजनको रिचार्ज गर्न, विद्यालय, कलेजको फि तिर्न, हवाइ टिकट र अन्य युटिलिटी सर्भिसेजहरुको भुक्तानी गर्न सकिनेछ ।

बैंकिङ क्षेत्रमा नयाँ नयाँ खोजर अनुसन्धान गर्दै नयाँ सेवा सुविधा भित्र्याउने क्रममा रेमिट एप सार्वजनिक गरिएको र सो एपको मद्दतले डिजिटल कारोबारलाई थप सार्थकता प्रदान गर्ने उनले बताए ।

यस्तै रेमिट एपबाट पठाइएका रेमिट्यान्स देश भरी रहेका ७ हजारभन्दा बढी रेमिट एजेन्टबाट ग्राहकले तुरुन्तै नगद भुक्तानी लिन सक्ने बैंकले जनाएको छ।

भर्चुअल कार्डको प्रयोग गरी भुक्तनी गर्ने, रेमिट पठाउनको साथै साथीलाई रेमिकार्ड गिफ्टसमेत पठाउन सक्ने नयाँ फिचरहरु सो एपमा रहेका छन् ।

यसमा भएको टेक्नोलोजीका कारण र नेपाली भाषामा समेत एपको प्रयोग गर्न ग्राहकलाई अत्यन्तै सहज सरल र सुरक्षित रहेको बैंक खतिवडाले बताए ।

ग्राहकले बैंकको रेमिट्याप एप एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गर्ने सक्नेछन् । 

\"\"