सिभिल बैंकको सीइओ भए सुनिल पोखरेल

सिभिल बैंकको सीइओ भए सुनिल पोखरेल

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
सिभिल बैंकको आज बसेको ३४५ औं संचालक समितिको बैठकबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल पोखरेल नियुक्त भएका छन । समितिको बैठकले पोखरेललाई ४ वर्षको लागी सीइओमा नियुक्त गरेको बैंकले जनाएको छ ।

वैशाख १८ गते बैंकको सीइओ गोविन्द गुरूङले राजिनामा दिएपछि डेपुटी सीइओमा रहेका पोखरेल सीइओमा नियुक्त भएका हुन् । उनले २०७६ जेठ २ मा सिभिल बैंकको डेपुटी सीइओमा नियुक्ती पाएका थिए । 

गुरूङले राजिनामा दिएर म्यानमारको सिटिजन्स बैंकमा गएपछि बैंकले पोखरेललाई आगामि असार १८ गतेबाट लागु हुनेगरी सीइओमा नियुक्त गरेको हो । पोखरेलसँग एनआईसि, नविल, स्टाण्डर्ड चाटर्ड बैंक हुँदै म्यानमारको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा गरी ३० वर्ष काम गरिसकेको अनुभव छ ।