ग्रामीण बैंकका शाखा, कोरोनाको जोखिममा भत्ता बाँड्ने, भिड बढाउने

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,स्याङ्जा ।

कोरोनाको दोस्राे भेरिएण्टको सक्रियसँगै गरिएको लकडाउनले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको भएपनि अत्यावश्यक सेवाको नाममा खुलेका बैंकहरुले कोरोना जोखिम बढाउने गरेको देखिएको छ ।

अत्यावश्यक भए सम्बन्धित स्थानीय तहको सिफारिसमा बैक तथा वित्तीय सस्था खोल्न सकिने र एटिम सेवा भने २४सै घण्टा संचालनमा राखेर लकडाउलाई कडाइकासाथ पालना गर्न जिल्ला प्रशासन स्याङ्जाले अनुरोध गरेपनि बैंकमा बृद्धबृद्धा जम्मा गरेर वृद्ध भत्ता वितरण गर्दा कोरोनाको जोखिम बढेको हो ।

जिल्लामै कोरोनाको जोखिम अत्यधिक भएको गल्याङ नगरपालिकामा रहेको मुक्तिनाथ विकासले बुधबार वृद्ध भत्ता वितरणका नाममा जम्मा गराएको भिडले कोरोना जोखिममा बैंक गैरजिम्मेवार बन्दै गएको देखिन्छ ।

कोरोनाको पहिलो भेरिएण्टमा गाउँमै पुगेर सेवा प्रवाह गरेका बैंक तथा जनप्रतिनिधिले यश पटक भने वृद्ध भत्तालाई गाउँ गाउँमै सेवा प्रवाह गर्न ध्यान नपुग्दा भत्ता लिनकै लागि बैंकमा लाइन भएको देखिन्छ । लोकप्रियता कमाउन पहिलो लकडाउनमा गाउँमै सेवा प्रवाह गरेको नाटक गरेकाहरु यस पटको लकडाउनमा के गर्दै छन् ? यो भिडले आमा जनताको चासो सिर्जना गरेको छ ।

\"\"