ज्योति गुप्रद्वारा कोभिड राहतमा २ करोडको सहयोग

ज्योति गुप्रद्वारा कोभिड राहतमा २ करोडको सहयोग

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
ज्योति ग्रुपअन्तर्गत रहेका स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ कम्पनी प्रालिले कोभिड महामारी नियन्त्र तथा रोकथामका लागि विभिन्न क्षेत्रमा २ करोड रुपैयाँ सहयोग गरेका छन् । सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत रकम प्रदान गरिएको जनाएको छ । 

त्यस्तै, क्रिएसन नेपाललाई ५ लाख २२ हजार रुपैयाँबराबरको २५ थान अक्सिजन सिलिन्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार रुपैयाँबराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर र हेल्थी नेसन फाउन्डेसनलाई ७ लाख ७० हजार रुपैयाँबराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराइएको ग्रुपले जनाएको छ । 

यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पिएपिआर सुट प्रदान गरेको जनाइएको छ । ग्रुपले जर्मन अक्सिजन प्लान्टका लागि नेसनल बिजनेस इनिसिएटिभलाई १५ लाख रुपैयाँ र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभएयरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित कुल १ करोड २१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जनाइएको छ ।

त्रिवि शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रतिमिनेट २ सय ५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्ने ज्योति ग्रुपले जनाएको छ ।