एनआईसी एशिया बैंकका खातावाहकले अनलाइनबाटै कनेक्ट आईपीएस \’भेरिफाई\’ गर्न सक्ने

एनआईसी एशिया बैंकका खातावाहकले अनलाइनबाटै कनेक्ट आईपीएस \’भेरिफाई\’ गर्न सक्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
एनआई सी एशिया बैंकका खातावाहकले कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै 'भेरिफाई' गर्न सक्ने भएका छन् ।

बैंकले सेल्फ भेरिफाई सुविधा सुचारु गरेसँगै सेवाग्राहीले यस्तो सेवा पाउनेa भएका हुन् ।

लकडाउनको असहज परिस्थितीलाई ध्यानमा राखेर बैंकले अनलाइनबाटै कनेक्ट आईपीएस भेरिफाई गर्ने व्यवस्था गरेको हो । यसबाट सेवाग्राहीलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

अनलाइनबाट सेल्फ भेरिफाई गरिएका खाताबाट दैनिक २ लाख रुपैंया र मासिक १० लाख रुपैंयासम्म कारोबार गर्न सकिने नेपाल क्लियरिङ हाउसले जनाएको छ । कनेक्ट आईपीएसको पूणर् कारोबार सीमाका लागि भने सेवाग्राही बैंकमा नै पुग्नु पर्ने पनि हाउसले जनाएको छ ।