नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरलाई राष्ट्र बैंकको एलओआई

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरलाई राष्ट्र बैंकको एलओआई

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 
 नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे मर्जर प्रकृयालाई लेटर अफ इन्ट्रेस्ट (LOI)दिएको छ । बैंककाे साेमबार बसेकाे बैठकले यी दुई बैंकलाई एलओआई दिने निर्णय गरेकाे हाे ।

दुवै बैंकबीच एकआपसमा गाभ्न गाभिनका लागि वैशाख ३० गते, बिहीबार प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियाे । नेप्सेमा अहिले यी दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे हाे । सम्झौतापत्रमा  हस्ताक्षर गरेका हुन् । 

दुवै बैंक १:१ को स्वाप रेसियोमा मर्ज हुने भएको हुँदा दुवै बैंकका सेयरधनीहरुसँग जति कित्ता सेयर छ त्यति नै नयाँ बन्ने बैंकको सेयर प्राप्त गर्नेछन् । यी २ बैंक एक आपसमा गाभिएपश्चात् नेपालको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।