बैंकिङ्ग क्षेत्रमा बन्दको असरः निक्षेप घट्यो, कर्जा प्रवाह पनि ओरालो

बैंकिङ्ग क्षेत्रमा बन्दको असरः निक्षेप घट्यो, कर्जा प्रवाह पनि ओरालो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 

बन्दाबन्दीले बैंकहरुको निक्षेकोरोना भाइरसको दोस्रो लहरको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निशेषाज्ञाका कारण बैंकहरुबाट निक्षेप बाहिरिने क्रम बढेको छ । 

बन्दाबन्दीका कारण बैंकहरुका अधिकांश शाखा बन्द रहेका छन् । बैंकहरुले आलोपालो गरेर सीमित शाखाबाट सेवा प्रदान गरिरहेको अवस्थामा बैंकहरुमा निक्षेप राख्न जाने ग्राहकको कमी आउँदा बैंकहरुको निक्षेप थपिन सकेको छैन् भने दैनिक उपभोगका लागि ग्राहकहरुले पैसा झिक्ने क्रम भने जारी नै रहेकाले बैंकहरुको निक्षेप घटेको हो । निक्षेप जम्मा गर्न त्यति सहज नभएपनि बैंकहरुका प्रायजसो एटिएम संचालनमा रहेकाले रकम निकाल्न भने सहज नै छ ।  
 
साथै बैंकहरुले सीमित शाखाबाट मात्र सेवा दिइरहेकाले पनि बैंकहरुमा निक्षेप नआएको हो । अर्कातर्फ केन्द्रिय बैंकहले ५० हजार भन्दा कम रकम निक्षेप राख्न बैंक नजान आग्रह गरेकाले पनि सानो सानो निक्षेप थपिन नपाएको हो । लकडाउनको तयारी हुदै गर्दाका सुरुवाति दिनमा कर्जा बढेपनि लकडाउनको अनिश्चितताले पुन कर्जा विस्तारको क्रममा गिरावट आएको छ ।
 
निशेषाज्ञा जारी भएदेखि नै बैंकहरुको निक्षेप संकलन तथा कर्जा प्रवाहमा सुस्तता आएको छ । आर्थिक कारोबारमा आएको मन्दीका कारण बैंकहरुको निक्षेप तथा कर्जा दुवैमा मन्दी देखिएको हो।

 
चालु आर्थिक वर्षको जेठ महिनाको दोस्रो सातामा वाणिज्य बैंकहरुको ५ अर्ब निक्षेप घटेको छ । यस अवधिमा ९ अर्ब कर्जा प्रवाह गरेका छन् । जेठको पहिलो साता वाणिज्य बैंकहरुले ६ अर्ब निक्षेप संकलन गर्दा ६ अर्ब नै कर्जा प्रवाह गरेका थिए । जेठ दुई साता अर्थात १४ गतेसम्म बैंकहरुमा एक अर्ब निक्षेप बढेको छ भने १५ अर्बले कर्जा विस्तार भएको छ ।
 
नेपाल बैंकर्स संघका अनुसार जेठ १४ गतेसम्ममा वाणिज्य बैंकहरुमा ३९ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप छ । यसअवधिमा बैंकहरुले कुल ३६ खर्ब २६ अर्ब कर्जा परिचालन गरेका छन्।
 
निषेधाज्ञाको अवधिमा पनि सरकारले बैंकहरुलाई अति आवश्यकीय क्षेत्रको रुपमा राखी सीमित सेवा प्रदान गर्न भनेको छ । सोही अनुसार बैंकहरुले सीमित कर्मचारी मार्फत सीमित सेवा प्रदान गर्दै आएका छन ।प घट्न थाल्यो, कर्जा प्रवाहमा पनि सुस्तता