साना व्यवसायीलाई राहत, थप डेढ खर्बको सहुलियतपूर्ण कर्जा दिँदै राष्ट्र बैंक

साना व्यवसायीलाई राहत, थप डेढ खर्बको सहुलियतपूर्ण कर्जा दिँदै राष्ट्र बैंक

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले थप डेढ खर्ब रुपैयाँको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । सरकारले ल्याएको ब्याज अनुदान नीति अन्तरगत रहेर राष्ट्र बैंकले उक्त कर्जा प्रदान गर्न लागेको हो ।

राष्ट्र बैंकले कृषि, शैक्षिक कर्जा, महिला उद्यमशिलता, वैदेशिक रोजगारीबाट फर्किएकालगायत गरी विभिन्न १० शिर्षकमा सहुलियत कर्जा दिँदै आएको छ । हालसम्म करिव सवा खर्ब रुपैयाँ सहुलिय कर्जा प्रदान गरिएको छ र बजेटमा आएको नयाँ व्यवस्था अनुरुप आगामी आर्थिक बर्ष २०७८ र ७९ मा थप डेढ खर्ब रुपैयाँ त्यस्तो कर्जा प्रदान गर्न सकिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

‘बजेटले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान वापत १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ,’ उनले भने, ‘सो अनुदानमार्फत हामीले करिव २ अर्ब ७० अर्ब रुपैयाँ सहुलियत कर्जा प्रदान गर्न सक्छौं ।’ सो मध्ये अहिलेसम्म सवा खर्ब कर्जा प्रवाह भैसकेको र थप रकम आगामी बर्ष सम्ममा उपलब्ध गराईने समेत उनले जानकारी दिए ।