बैंकिङ्ग समाचार ।
शेयर विश्लेषक अम्बिका प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट समग्रमा साच्चिकै राम्रो भएको बताएका छन् । पूर्वाधार र स्वास्थ्यमा पर्याप्त गरिनु अत्यन्तै राम्रो भएको उनको भनाई छ ।
तर पुंजीबजारबारे आफुहरुले राखेका मागको सम्बोधनमा बजेट मौन रहेको उनको भनाई छ । सामुहिक लगानी कोषको आयमा कर छुट दिने र कमोडिटी एक्सचेन्ज संचालन गर्ने घोषणाले बजारलाई राम्रो गर्ने भएपनि आफ्ना नया माग सम्बोधन भएको उनको भनाई छ ।
आफुहरुले राखेको सर्ट टर्म लगानीकर्ता र लङ टर्म लगानीकर्ताको पुंजीगत लाभकरलाई विविधिकरण होस् भन्ने चाहेकोमा त्यो भने सम्बोधन हुन नसकेको उनले बताए । त्यस्तै कम्पनीको र व्यक्तिको पुंजीगत लाभकर पनि छुट्याउन सुझाव दिएकोमा त्यसमा पनि बजेट मौन बसेको उनको भनाई छ । पुंजीबजार उचाईमा पुगेको बेला ति कुराहरु सरकारको प्राथमिकतामा नपरेको हुन सक्ने उनको भनाई छ ।
टेलिकमको शेयर ग्राहकलाई बिक्रि गर्ने विषयमा भने आफु बोर्डमा गईसकेपछि छलफल नभएको बताए । सरकारको स्वामित्व बढी भएको र सरकारले आफ्नो स्वामित्व घटाउन खोजेको हुन सक्ने उनको भनाई छ । तर यसबारे आफु संचालक नियुक्त भएपछि बोर्डमा छलफल नभएको उनले बताए ।
अधिकांश नेपालीले नेपाल टेलिकमको सिम प्रयोग गरुन् र शेयरको स्वामित्व पनि लिउन् भन्ने उदेश्यको साथ यो घोषणा आएको हुन सक्ने उनले बताए । छलफल नभएको कारण यसको मोडालिटीबारे आफुलाई जानकारी नभएको उनले बताए ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले टेलिकमको शेयर बिनिमेश गर्ने घोषणा गरेका हुन्। उनले टेलिकमको २२ प्रतिशत शेयर बिनिवेष गर्ने र ग्राहकले ति शेयर खरिद गर्न सक्ने बताएका हुन् । २०७८ साल असोज मसान्तसम्म यसको मोडालिटी र मूल्य तोकिसक्ने उनले बताएका छन् ।
सरकारले १६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक गरेको हो । जस मध्ये संघको चालु खर्च ६ खर्ब ७८ अर्ब , पुँजीगत खर्च ३ खर्ब ४७ अर्ब र बित्त् ब्यबस्थापन तर्फ २ खर्ब ५ अर्ब बिनियोजन गर्ने घोषणा मन्त्री पौडेलले घोषणा गरेका छन् ।
बजेटको स्रोत मध्ये राजश्वबाट १० खर्ब २४ अर्ब, अनुदानबाट ६३ अर्ब पूर्ति गरिने उल्लेख छ । अपुर रहेको ५ खर्ब रकम मधे ३ खर्ब ९ अर्ब विदेशी ऋण र २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने उल्लेख छ ।
(उनको फेसबुक पोष्टबाट)
प्रतिक्रिया