पर्यटन क्षेत्रमा २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन

पर्यटन क्षेत्रमा २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट १ अर्ब ३५ करोड रुपैयाँले बढेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको हो । चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड  रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । 

पर्यटन क्षेत्रअन्तर्गत आगामी वर्ष सरकारले ग्रेट हिमालयन ट्रेलको गुरुयोजना पूरा गर्ने बताएको छ । पर्यटनमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।