काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बीमा र एक पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आइतबार दुई इन्स्योरेन्स कम्पनीको बोनसपछि नेप्सेमा शेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन हुने इन्स्योरेन्स कम्पनीमा एशियन लाइफ र हिमालयन रि इन्स्योरेन्स रहेका छन् ।
नेप्सले एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता मूल्य ६१६ रुपैयाँ ५० पैसा तोकेको छ । आइतबार कारोबार भएको अन्तिम मूल्य ६६४ रुपैयाँ ६० पैसालाई आधार मानेर नेप्सेले कम्पनीको बोनसमा सेयर मूल्य समायोजन गरेको हो ।
यसैगरी हिमालयन रि इन्स्योरेन्सको ४ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता मूल्य ६२० रुपैयाँ २९ पैसा तोकेको छ । आइतबार कारोबार भएको अन्तिम मूल्य ६४५ रुपैयाँ १० पैसालाई आधार मानेर नेप्सेले कम्पनीको बोनसमा सेयर मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया