एकैदिन तोलामा ३६ सय रूपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?


काठमाडौं – स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला तीन हजार ६०० रूपैयाँले घटेको छ भने चाँदी १०५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदीको मोल चार हजार ४८५ रुपैयाँ निर्धारण भएको छ।

हिजो मङ्गलबार एक तोला सुन दुई लाख ८७ हजार १०० रुपैयाँ र एक तोला चाँदी चार हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यसैगरी, गत सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ७३० रुपैयाँमा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।