स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब, खोपका लागि २६ अर्ब ७५ करोड

स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब, खोपका लागि २६ अर्ब ७५ करोड

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।

गत वर्ष स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ थियो । अर्थमन्त्री पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ ।