राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, प्रधानमन्त्री कार्यालयबाट केहीबेरमा सार्वजनिक गरिने

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, प्रधानमन्त्री कार्यालयबाट केहीबेरमा सार्वजनिक गरिने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
आगामी आर्थिक वर्षको बजेट अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएको बजेट आज साँझ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्दै छन् ।

यस पटक अर्थमन्त्री पौडेलले प्रधानमन्त्री कार्यालयबाट बजेट वक्तव्य सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सिमित संख्याका आमन्त्रित व्यक्तिहरुका बिच अर्थमन्त्री पौडेलले शनिबार साँझ ४ बजे बजेट सार्वजनिक गर्दै छन् ।

मन्त्री परिषदका सदस्यहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवहरु, बजेट तयरी समुहका व्यक्तिका साथै अन्य मन्त्रालयका सचिवहरुको पनि उपस्थिती रहनेछ । प्रतिनिधिसभा नरहेको संकटपूर्ण अवस्थामा सरकारले अध्यादेशबाटै आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्न लागेको हो । 
 
संविधानतः वार्षिक बजेट जेठ १५ गते प्रतिनिधिसभा संसदबाट सार्वजनिक गर्ने नियम भएपनि अहिलेको अवस्थामा प्रतिनिधिसभा नै विघटन गरिएकाले सरकारले सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेको हो। अध्यादेशमार्फत आउने यो बजेट संविधान निर्माणपछिको पहिलो अध्यादेश बजेट हुनेछ । 
 
सरकारले करिब साढे १६ खर्ब रुपैयाँ बराबरकोे बजेट ल्याउने भएको छ । जसमा स्रोत व्यवस्थापनका लागि ११ खर्ब बराबरको रकम राजस्वबाट, साढे दुई खर्ब आन्तरिक ऋण उठाएर तथा बाँकी रकम वैदेशिक सहायता तथा ऋणबाट जुटाउने अर्थमन्त्रालयको योजना छ ।