ज्याेति बैंकद्वारा अक्सिजन खरिद गर्न हुँगिलाई सहयोग

ज्याेति बैंकद्वारा अक्सिजन खरिद गर्न हुँगिलाई सहयोग

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
ज्याेति विकास बैंकले अक्सिजन खरिदका लागि साठी हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले रम्भा गाउँपालिका १, हुँगिमा रहेकाे काेभिड १९ काेराेना विशेष अस्पताललाई सहयोग गरेको हाे । 

बैंकका बुटवल शाखा प्रमुख अनन्त पछाईले ग्रामीण क्षेत्रमा अक्सिजन अभाव नहाेस् भन्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराएकाे बताए । 

काेराेना अस्पतालका प्रमुख डा. पुजन श्रेष्ठले कोरोनाको यस विषम परिस्थितिमा ज्योती बिकाश बैंक मार्फत अनन्त पछाई र गाेबिन्द ढकालकाे पहलमा कोरोना अस्थाई अस्पताल अाईसाेलेसन हुंगीलाई सहयोग गरेकाेमा धन्यवाद ज्ञापन गरे ।