राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै छ । बैंकले उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जनाएको छ ।

१४ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा तरलता संकुचन भएपछि बैंकहरुले अन्तर बैंक सापटि नै ४ प्रतिशत माथि लिने दिने गरेका छन् । कोरोनाको दोस्रो लहर सुरु हुनु भन्दा अघिदेखि नै बैंकहरुले आक्रामक रुपमा कर्जा प्रबाह गर्दा तरलता कसिलो अवस्थामा देखिएको थियो ।  बैंकहले कर्जा नघटाउने वित्तीय प्रणालीको निक्षेप झिकिने समस्याले गर्दा पनि तरलता संकुचन भएको नेपाल राष्ट्र बैंकको बुझाई छ । “हाल वित्तीय प्रणालीमा ३० अर्बको रिपो जारी गरेपछि करिब ४५ अर्बको हाराहारीमा तरलता उपलब्ध हुनेछ । गत बिहीबारसम्ममा बैंकहरुले अन्तर बैंक सापटि ४.०६ प्रतिशतमा गरेका छन् । 
 
कोरोनाको दोस्रो लहरका कारण सरकारले गत बैंशाख १६ गते देखि देशका अधिकांस जिल्लाहरमा निषेधाज्ञा जारी गरेकोे छ । निषेधाज्ञा जारी भएपछि सर्वसाधारणले घरमै नगद राख्ने क्रम बढेकाले पनि बैंकहरुमा तरलता संकुचन भएको हो। अहिले बैंकहरुले सीमीत शाखा मार्फत मात्र सेवा संचालन गरिरहेकाले निक्षेप समेत बढ्न सकिरहेको छैन् । 
 
बैंक तथा वित्तीय संस्थाहरुमा रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ। यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ।