एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
एनएमबि बैंकले जेठ ९ गतेदेखि बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज बिहीबार (जेठ १३ गते) अन्तिम दिन रहेको छ । लगानीकर्ताहरुले आज कार्यालय समयभित्र उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् । 

बैंकले जेठ ९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ, भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि बिक्री गर्नेछ  ।

बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४ % – २०९२-९३’ जारी गरेको हो । यसमा वार्षिक ४% ब्याजदर रहनेछ  । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्  ।

एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । 

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

\"\"