एनआईसी एशिया बैंकको ध्यानाकर्षणः शाखा बन्द गर्ने समाचार भ्रामक (भिडियो)

एनआईसी एशिया बैंकको ध्यानाकर्षणः शाखा बन्द गर्ने समाचार भ्रामक (भिडियो)


काठमाडौं–एनआईसी एशिया बैंकले शाखा बन्द गर्ने लागेको समाचार प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित बैंकले शाखाहरु बन्द गर्न लागेको भन्ने समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

भिडियो

उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको यस बैंकको कुनै शाखा बन्द गर्ने योजना नभएको बैंकले एक विज्ञप्ती मार्फत प्रष्ट पारेको छ । विज्ञप्तीमा भनिएको छ आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक हुन् ।

त्यस्तै बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको समाचार पनि गलत रहेको जनाएको छ । यस विषयमा पनि केही सञ्चार माध्यमले कपोकल्पीत र भ्रामक समाचार प्रकाशन गरेको प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ । बैंकले रीयल स्टेट सेक्टरमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको प्रस्ट पार्दै यस सेक्टरमा आफ्नोे कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा यस बैंकले २०८० पौष मसान्तसम्ममा १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको विज्ञप्तीमार्फत प्रष्टाएको छ ।

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंकहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा र ३४ भन्दा बढी दुर्गम स्थानिय निकायमा पनि बैंकले शाखा विस्तार गरेको जनाएको छ ।