घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रि प्रर्वद्धन गर्छाैँ: आपूर्तीमन्त्री रिजाल

घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रि प्रर्वद्धन गर्छाैँ: आपूर्तीमन्त्री रिजाल


काठमाडाैं – उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रर्वद्धन गरिने बताएका छन् । बिहिबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रर्वद्धन गरिने बताएका हुन् ।

मन्त्री रिजालले ठुला उद्योगी हावी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्रि प्रबर्दनको व्यवस्था मिलाइने मन्त्री रिजालले स्पष्ट पारे । मन्त्री रिजालले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्रि प्रर्वद्धनको व्यवस्था मिलाईने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रर्वद्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको पनि मन्त्री रिजालको दावी छ ।


मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको छ । सोहि अनुरुप मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रर्वद्धन सम्बन्धि रोड म्याप समेत प्रस्तुत गरिएको थियो । छलफलमा अर्थमन्त्री डा. प्रकाश शरण महत र कानुन मन्त्री धनराज गुरुङको समेत उपस्थिति रहेको थियो । छलफलमा बोल्दै अर्थमन्त्रि महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा बिशेष ध्यान पुर्याउनु पर्ने बताए।

त्यसैगरी कानुन मन्त्री गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्रि प्रवद्र्धनका लागि स्पष्ट कानुनप्रति संबेदनशील हुनु पर्ने बताए। छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थिति रहेको थियो ।