२०२३ मा भारतमा ३२ सय भन्दा बढी उडान रद्ध

२०२३ मा भारतमा ३२ सय भन्दा बढी उडान रद्ध


भारत सरकारले गत वर्ष खराब मौसमका कारण ३ हजार २ सयभन्दा बढी उडान र प्राविधिक कारणले २ हजार १ सयभन्दा बढी उडान रद्ध गर्नुपरेको बताएको छ ।संघीय नागरिक उड्डयनमन्त्री भीके सिंहले संसदको माथिल्लो सदनमा लिखित जवाफमा उक्त जानकारी दिएका हुन्।

मन्त्रीले प्रश्तुत गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा खराब मौसमका कारण ३ हजार २१० उडान रद्ध भएका थिए। गत वर्ष प्राविधिक कारणले २ हजार १०९ उडान रद्ध भएको तथ्यांकले देखाएको छ । (एजेन्सी)