स्किल बेस्टले गर्यो ‘एच आर मेट्रिक्स’ सम्बन्धि तालिम

स्किल बेस्टले गर्यो ‘एच आर मेट्रिक्स’ सम्बन्धि तालिम


काठमाडौं–कुनै कम्पनी वा संगठनमा मानव संसाधनको महत्व, यसको आवश्यकता र व्यवस्थापनबारे काठमाडौंमा एक तालिम सम्पन्न भएको छ । मानव स्रोत लागत मात्र नभई कुनै कम्पनीको सफलताको कारक हो भन्ने भनाइलाई सार्थकता स्किल वेष्ट ट्रेनिङ इन्टिच्युटले सो कार्यक्रम आयोजना बताएको छ ।
भिडियो

जाउलाखेल ग्रुप अफ इन्ड्रस्टिजकी कर्मचारी दिव्या सिंह भन्छिन्, ‘संगठनको सफलताका मानव पुँजीलाई बलियो बनाउनु आजको आवश्यता रहेको छ । त्यस्तै विगतका दिनहरुमा नेपालमा ‘एच आर मेट्रिक्स’ को तालिम अनलाइन हुने गरेकोमा अहिले भौतिक रुपमा हुन थालेकोमा स्किल वेष्टले गरेको यो कार्यको प्रशंसा गर्दै नेपालमा सरकारबाटै यस्ता तालिमहरु हुनुपर्ने नेपाल लाइफ इन्स्यारेन्सकी ‘एच आर’ प्रमुख बन्दना शर्मा शिवाकोटी बताउँछिन्।

मानव संसाधनको लागत र प्रभावकारीता निर्धारण गर्न एच आर मेट्रिक्स विधि अप्नाइन्छ । प्रशिक्षक अजय त्यागी भन्छन्, ‘यसले संस्थाको कारोबार, लागत, प्रतिफल, श्रमको लागत, कर्मचाारीको खर्च र तालिम जस्ता कुरालाई समेट्ने गर्दछ । संस्था बलियो बनाउन यो एच आर मेट्रिक्स जस्ता तालिम अनिवार्य छ ।’

स्किल वेष्ट मानव स्रोत विभागकी अफिसर मेरी महर्जनका अनुसार तालिममा एच आर मेट्रिक्सले संस्थाको कार्यसम्पादनमा कस्तो भुमिका रहन्छ, संगठनको रणनितिक लक्ष्य प्राप्त गर्न यसको कार्य कस्तो हुनुपर्छ र विश्व परिवेशमा नेपालको अवस्था कस्तो छ लगायतको विषयहरु समावेश भएका थिए।

त्यस्तै स्किल वेष्ट कर्पोरेट मिडिया अफिसर मथुन्ना थापा भन्छिन्,‘विगतका दिनहरुमा पनि स्किल वेष्ट इन्टिच्युटले यस्ता तालिम आयोजना गर्दै आएको छ । पछिल्ला दिनहरुमा बैकिङ संस्थासँग केन्द्रित रहेर यस्ता तालिम प्रदान गर्दै आइरहेको छ ।’

मानव संसाधन व्यवस्थापनले कामको विश्लेषण, कर्मचारी आवश्यकताहरू, कामको लागि सही व्यक्तिको पहिचान गर्न सहयोग गर्दछ । यस्तै एच आर मेट्रिक्स विधिले मानव स्रोतको अभिमुखीकरण र तालिम उनीहरुको सुविधा र तलब व्यवस्थापनमा यसको भुमिका रहन्छ । कुनैपनि संस्थामा यस्तो विधि अप्नाउँदा कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन र विवाद समाधानको पाटोलाई पनि नजिकबाट नियाल्न सकिन्छ ।

स्कील वेष्ट जस्ता तालिम प्रदायक संस्थाको कार्यलाई प्रोत्साहन र सहयोग गर्दै यस्ता तालिमलाई सरकारी स्तरबाटै दिने व्यवस्था मिलाउन आवश्यक रहेको देखिन्छ।