डलरकाे भाउ घट्याे, आज कति छ अन्य मुद्राकाे विनिमय दर?


बैंकिङ्ग समाचार, काठमाडौं– शुक्रबार अमेरिकी डलरकाे भाउ घटेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार खरिददर १३३ रुपैयाँ ६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेकाे प्रतिडलर आज १३२ रुपैयाँ ७७ पैसामा खरिद र  १३३ रुपैयाँ ३७ पैसामा बिक्री भइरहेकाे छ ।

आज युराे र पाउन्डकाे मूल्य भने बढेकाे छ । १ युरोको खरिददर आज १४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा ताेकिएकाे छ। १ पाउन्ड १६९ रुपैयाँ ८५ पैसामा खरिद र  १७० रुपैयाँ ६१ पैसामा बिक्री भइरहेकाे छ ।

बिहीबार युराे र पाउन्डकाे खरिददर क्रमश: १४७ रुपैयाँ ८ पैसा र १६९ रुपैयाँ ४० पैसा तथा बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा र १७० रुपैयाँ १६ पैसा थियाे ।

यस्ताे छ आज मुद्रा विनिमय दर