बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र-२०७९’ संशोधन गरेको छ । विदेशी विनिमय कारोबार गर्न राष्ट्र बैंकले इजाजत प्राप्त निकायलाई संशोधनअनुरुप कार्य गर्न समेत निर्देशन द्रिएको छ ।
राष्ट्र बैंकले संशोधन गर्दै जापान, दक्षिण कोरिया, युरोप महादेश संयुक्त राज्य अमेरिका, क्यानाडा लगायतका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अधितकम ५ सय डलरको राहदानी सुविधा दिने व्यवस्था गरेको छ । साथै अन्य मुलुक जानेको हकमा भने अधिकतम २ सय डलरको राहदानी वावत सटही सुविधा दिने व्यवस्था गरेको छ ।
यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २ सय डलरसम्म मात्र सटही सुविधा पाउने व्यवस्था थियो । निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजारको सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य नहुने व्यवस्था गरेको छ । निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजार र भारतको हकमा भारु तीन करोडको सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य नहुने जनाएको छ ।






About Us
प्रतिक्रिया