हिमालय एयरलाइन्सकाे काठमाडाैं-ल्हासा सिधा उडान सुरू

हिमालय एयरलाइन्सकाे काठमाडाैं-ल्हासा सिधा उडान सुरू

नेपाल-चीन सम्बन्धमा दाेस्राे सेतु : पर्यटनमन्त्री किराती


बैंकिङ्ग समाचार, काठमाडौं- नेपालदेखि चीनकाे ल्हासा सिधा उडान शुभारम्भ भएकाे छ । आज (बिहीबार)देखि हिमालय एयरलाइन्सले काठमाडाैं-ल्हासा सिधा उडान सेवा सुरू गरेकाे हाे ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौं-ल्हसा उडानको उद्घाटन गरे । सेवा उद्घाटन गर्दै मन्त्री किरातीले याे चीन र नेपालको सम्बन्धमा नेपालकाे सम्बन्ध दाेस्राे सेतुका रूपमा स्थापित भएकाे बताए ।

‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्याे र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ- नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान,’ उनले भने, ‘तिब्बतको ल्हासामा प्रतिवर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने गर्छन् । जसमध्ये ठूलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने गर्छ जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने छ ।’

नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोशेढुङ्गाको काम गरेकाे उनकाे भनाइ थियाे । ‘पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरे। सातौँ शताब्दीमा बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरिन्। १३ औँ शताब्दीमा अरनिकोले चीनलाई कर्म थलो बनाएर नेपाली बास्तुकलालाई चीनमा परिचित गराए,’ उनले भने, ‘चिनियाँहरुले गौतम बुद्ध जन्मिएको देश र एक असल मित्र राष्ट्र भनेर मान्छ । एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता रहेको छ । कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङ पछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो । यससँगै ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ ।’