छानबिन समितिकाे निष्कर्ष : मीन घले समूहले गरेकाे सुन तस्करी १३८ किलाे

छानबिन समितिकाे निष्कर्ष : मीन घले समूहले गरेकाे सुन तस्करी १३८ किलाे


बैंकिङ्ग समाचारकाठमाडाैं– गएकाे मंसिर २१ गते राति त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो अवैध सुन प्रकरणको छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेकाे निष्कर्ष निकालेकाे छ ।

मंसिर २१ गते राति सुनसहित विमानस्थल सुरक्षा कार्यालयले चन्द्र घलेलाई नियन्त्रणमा लिएकाे थियाे। त्यसैक्रममा उनीसँगै रहेका गोरखाका मीनबहादुरलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

राति ११ः५६ बजे फ्लाइ दुबईको उडान नम्बर एफजेट ५७३ बाट आएका घलेको साथबाट १४ किलो सुन बरामद गरिएको थियाे । उनले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए।

छानबिन समितिले अंकित अग्रवाल नाम गरेका व्यक्तिले दुबईबाट सुन पठाउने गरेकाे समेत निष्कर्ष निकालेकाे छ ।