व्यापार घाटामा झिनो सुधार, झन्झनै घट्दै निर्यात

व्यापार घाटामा झिनो सुधार, झन्झनै घट्दै निर्यात


बैंकिङ्ग समाचार, काठमाडाैं– चालू आर्थिक वर्ष २०७८०/८१ को पहिलो पाँच महिनामा वैदेशिक व्यापार घाटामा झिनो सुधार देखिएकाे छ। भन्सार विभागले सार्वजिनक गरेकाे मंसिर महिनासम्मकाे तथ्यांकअनुसार आयात र निर्यात दुवै घटेका कारणा व्यापार घाटामा ३.०९ प्रतिशतको सुधार आएको  छ ।

अघिल्लाे वर्ष यही अवधिमा ५ खर्ब ९७ अर्ब ४४ करोड रूपैयाँकाे व्यापार घाटा भएकाेमा यस वर्ष १८ कराेड २९ लाखले घाटा घटेर ५ खर्ब ७९ अर्ब रूपैयाँ व्यापार घाटा भएको छ ।

सरकारले वैदेशिक व्यापार घाटा निरन्तर चुलिँदै गएपछि निर्यात बढाएर आयात कम गर्ने नीति लिएकाे छ । नेपालकाे वाणिज्य नीति-२०७२ मुलुकको बढ्दो व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निकासी बढाउन जोड दिएको छ । जसका लागि सरकारले विलासी वस्तुकाे आयातमा कडाइ पनि गरेकाे छ । जसकाे प्रभावस्वरूप केही वर्षयता आयातमा केही कमी समेत आएकाे छ ।

चालू आर्थिक वर्षको मंसिर महिनासम्म अघिल्लाे वर्षकाे यही अवधिकाे तुलनामा आयातमा ३.३९ प्रतिशतकाे गिरावट आएकाे छ। अघिल्लाे आर्थिक वर्षकाे मंसिर महिनासम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात भएकाेमा उक्त आयात यस वर्ष ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रूपैयाँमा खुम्चिएकाे छ ।

तर आन्तरिक उत्पादन बढाउन तथा बजार व्यवस्थापन गर्ननसक्दा निर्यात समेत निरन्तर घट्दाे क्रममा रहेकाे तथ्यांकले देखाएकाे छ । यस अवधिमा ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोड ७४ लाख रूपैयाँकाे निर्यात भएकाे छ । गत वर्ष मंसिर महिनासम्ममा ६७ अर्ब ३० करोड ४५ लाख रूपैयाँको मालसामान निर्यात भएकाे थियाे ।

यस्तै आर्थिक वर्ष २०७८/७९ काे पाँच महिनामा निर्यात ३४.६१ प्रतिशतले घटेकाे थियाे ।

चालू आर्थिक वर्षको वर्षकाे पाँच महिनामा भन्सारबाट सरकारले १ खर्ब ७० अर्ब ९८ कराेड रूपैयाँ राजस्व संकलन गरेकाे छ।