अर्थमन्त्रीले पेस गरेकाे बजेटकाे कमा र पूर्णबिरामसमेत नहट्ने अवस्थाकाे अन्त्य, संशाेधनकाे बाटाे खुल्याे

अर्थमन्त्रीले पेस गरेकाे बजेटकाे कमा र पूर्णबिरामसमेत नहट्ने अवस्थाकाे अन्त्य, संशाेधनकाे बाटाे खुल्याे


काठमाडाैं- सरकारले सदनमा ल्याउने बजेट संशाेधन गरी पास गर्ने बाटाे खुलेकाे छ। यसअघिका वर्षहरूमा अर्थमन्त्रीले पेस गरेकाे बजेटमा सदनमा एक महिनासम्म छलफल हुने तर कमा र पूर्णबिरामसमेत नहटाइ/नथपी जस्ताकाे तस्तै बजेट पास हुने गरेकाे थियाे। संशाेधन नै नहुने भएपछि महिनादिनसम्म छलफल गर्नुकाे औचित्य नभएको भन्दै आलाेचना समेत हुने गरेकाे थियाे।

जसकारण वार्षिक बजेट अधुराे रहेकाे रही आवश्यक संशाेधन नहुने गरेकाे गुनासाे हुने गरेकाे थियाे। साे अवस्थाकाे अन्त्ययका लागि अब सरकारले सदनमा ल्याउने बजेट संशोधन गरेर पास गर्न सक्नेगरी आगामी आर्थिक वर्षबाटै बजेट क्यालेन्डर परिमार्जन गर्नसक्ने व्यवस्था गरिएकाे राष्ट्रिय याेजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बताए।

प्रत्येक वर्ष सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस हुने तथा सम्माननीय राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने गरेकाे छ। यी विषयमा गहनतम छलफलका लागि पर्याप्त समय नभएको, अर्थमन्त्रीबाट संसदको दुवै सदनमा प्रत्येक वर्ष जेठ १५ गते पेस हुने वार्षिक बजेटको तर्जुमा कार्यमा माथिको छलफलबाट पर्याप्त पृष्ठपोषण प्राप्त हुन नसकेको गुनासो रहँदै आएकाे छ। आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले भने, ‘खासगरी समयावधि अत्यन्तै न्यून भएको महसूस भएकाले यो समस्यालाई समाधान गर्न बजेट क्यालेण्डरलाई केही परिमार्जन गर्ने गरी सुझाव सहितको प्रतिवेदन आयोगले स्वीकृत गरेको छ।’