गणपति लघुवित्तीय संस्था आठौं वर्षमा प्रवेश

गणपति लघुवित्तीय संस्था आठौं वर्षमा प्रवेश


बैकिङ्ग समाचार

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० मंसिर २४ गते आफ्नो सातौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । सातौँ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामे आहालमा अवस्थित राधाकृष्ण वृद्धाश्रममा ज्येष्ठ नागरिकहरूका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बिच वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगल मार्फत वित्तीय संस्थाले उपलब्ध गराएको सहयोग हस्तान्तरण गर्नुभयो । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरू मार्फत ग्रामीण क्षेत्रका ३५,२९२ सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।