Investment Talk

‘उच्च जोखिम छ भनेरै पिइभिसीले कम्पनीहरुमा पैसा लगाउने हो’

‘उच्च जोखिम छ भनेरै पिइभिसीले कम्पनीहरुमा पैसा लगाउने हो’


नेपाल धितोपत्र बोर्डले २०७५ फागुन २२ मा विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ जारी गरेसँगै नेपालमा ‘प्राइभेट इक्विटी फन्ड’, ‘भेन्चर क्यापिटल फन्ड’ र ‘हेज फन्ड’ जस्ता विशिष्टिकृत लगानी कोष सञ्चालनको ढोका खुलेको हो । विशिष्टिकृत लगानी कोष (भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फन्ड, पिइभिसी फन्ड) मार्फत व्यवस्थापन गर्दा नवीन व्यवसाय उद्यम र सेवा खोल्न आवश्यक पुँजी र वित्तीय सहायताको लागि अत्यन्तै सहज हुने विज्ञहरु बताउँछन । यस्तै बजारमा स्थापना भइरहेका नयाँ लगानीका उपकरणहरु, पिइभिसी र यस्ता संस्थाहरुसँग जोडिएका विविध तथ्यहरुका विषयमा अल्फा प्लस भेन्चर्स लिमिटेडमा इन्भेष्टमेन्ट प्रमुखको रुपमा कार्यरत अविरल नेपालसँग बैंकिङ्ग समाचारले सञ्चालन गर्ने इन्भेष्टमेन्ट टक विशेष कार्यक्रममा गरिएको संवादः

भिडियो

अल्फा प्लस भेन्चर्स लिमिटेडले खासगरी के काम गर्छ ?

अल्फा प्लस भन्चर्स लिमिटेड भनेको प्राइभेट इक्युइटी भन्चर्स क्यापिटल लिमिटेड अन्तर्गतको प्राइभेट इक्वीटी कम्पनी हो । हामी दुई वर्ष अगाडी स्थापना भएका थियौं । त्यसपछि हामी धितोपत्र बोर्डको विशिष्टिकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत रुपमा हामीले लाइसेन्सको लागि निवेदन गरेका थियौं । र अहिले हामी अनुमति प्राप्त ‘एसआइएफ’ कम्पनी हो । फण्ड म्यानेजरको रुपमा लाइसेन्स लिइसकेपछि हामीले पहिलो फण्डको लागि धितोपत्र बोर्डबाट अनुमति पनि लिइसकेका छौँ । अल्फा फल्स भन्चर्स लिमिटेड अन्तर्गत हामीले हाम्रो पहिलो फण्ड ‘अल्फा प्लस भिजन फण्ड’को काम शुरु गरिसकेका छौँ ।

यस्ता कम्पनीहरु बजारमा आइसकेपछि अब स्टार्टअपहरु खुशी हुने अवस्था आयो हैन त ?

हाम्रो देशमा जुन बेला बैंकिङ्ग ‘कल्चर’को स्थापना भयो त्यतीबेलादेखि नै लगानीको बलियो माध्यमको रुपमा बैंक नै हो भनेर चिनिन्थ्यो । बैंकले ब्याजमा पुँजी लगानी गरिदिन्छ अनी ब्यापार गरेर बैंकलाई ब्याजसहित सबै रकम फिर्ता गरेपछि आफ्नो बिजनेस हुन्छ भन्ने सोच थियो । त्यो सोचबाट सुरु भएको बैंकिङ्गमार्फत तपाईले कर्जा पनि लिन पाउनुहुन्थ्यो अनी रकम बचत पनि हुन्थ्यो । त्यसवखत बैंकले यती धेरै बिजनेस गर्ने परिपाटीको स्थापना गरिदियो मानिसहरुले ब्यापार गर्न थाले । ब्यापारीहरुको प्रतिफलबाट बैंकहरुले पनि पैसा कमाए अनी ब्यापारीले पनि । त्यसले गर्दा बैंकको बिजनेसलाई पनि सहयोग गर्यो साथसाथै ब्यापारीहरुलाई पनि सहयोग गर्यो । त्यसले समग्र अर्थतन्त्रलाई सहयोग गर्यो । हो त्यस्तै भेन्चर क्यापीटलहरुपनि लगानीको लागि स्थापना गरिएको एउटा अल्टरनेटिभ उपकरण हो । परम्परागत बैंकिङ्गमा कर्जा लिएर व्यवसाय गरिन्थ्यो भने यसमा इक्वीटी, हाइब्रिड इक्वीटी लगायतका उपकरणहरुबाट व्यवसायहरुमा लगानी गरिन्छ । यो माध्यमले के गर्छ भने यदी तपाईले सानो व्यवसाय शुरु गर्नु खोज्नुभयो तर तपाइसँग लगानीको समस्या छ, ऋण लिन जानुभयो भने तपाईलाई धितो माग्छ, या बैंकले उसको वित्तीय सुरक्षाको लागि उक्त कम्पनीको ‘क्यास स्टेटमेन्ट’ हेर्छ । तर इन्फेन्ट वा शुरुवाती अवस्थामा रहेको व्यवसाय जसको ‘डिफाइन्ड रेभेन्यु प्याटर्न’ हुँदैन, उसलाई आवश्यक पर्ने पहिलो दोस्रो र तेस्रो कामहरु गरेपछि बल्ल आफ्नो लाभाशं आउँछ भन्ने प्रक्षेपण गरिरहेको हुन्छ त्यस्ता कम्पनीहरुलाई भेन्चर क्यापिटलले सहयोग गर्छ । तर व्यक्तीगत लगानीमा उनीहरुले त्यो खालको बजेट सजिलै स्थापित गर्न सक्दैन । यस्तो अवस्थामा प्राइभेट इक्वीटी भेन्चर क्यापिटल भने ‘अल्टरनेट इन्भेष्टर’ भएर आउँछ । यसले फण्डीङ्गको नयाँ बाटो स्थापना गर्छ । त्यसैले र दिर्घकालिन लगानी खोजिरहेका स्टार्टअपहरुले नयाँ लगानीको स्रोत प्राप्त गरेका छन । समग्र अर्थतन्त्रको लागि यो अत्यन्तै सकरात्मक कुरा हो ।

पिइभिसीको फण्डीङ्ग चाहीँ कहाँबाट आउँछ ?

प्राइभेट इक्वीटीलाई हामीले ‘अल्टरनेट इन्भेष्टमेन्ट’ को रुपमा हर्नुपर्छ । रिर्टनको हिसाबले पनि प्राइभेट इक्वीटीको अत्यन्तै राम्रो भएको मानिन्छ । र जहाँ रिर्टन धरै हुन्छ त्यहाँ रिक्स पनि धेरै हुन्छ । यस्तोमा लगानीकर्ता अत्यन्तै सूसुचित हुनुपर्छ । इन्भेष्टमेन्टको पाटोलाई राम्रोसँग बुझेको हुनुपर्छ । यसको लागि ‘एसआइएफ’ नियमन २०७५ ले कुनै इन्भेष्टरले यस्तोमा लगानी गर्ने हो भने ५० लाख भन्दा कममा लगानी गर्न पाउँदैन । त्यो भन्नुको मतलब के हो भने जसले ५० लाख भन्दा माथि लगानी गर्छ भने त्यो इन्भेष्टर सूसुचित हुन्छ । यस्ता कम्पनीहरुले म्युचुअल फण्डको जस्तो सानो–सानो पुँजी कलेक्सन गर्दैनन । यो ‘पुल फण्ड’ हो जसमा निश्चित लगानीकर्ताहरु मात्रै हुन्छन । यसमा खासगरी लगानी गर्ने बैंक, इस्योरेन्स, सञ्चय कोष लगायताका संस्थाहरु धेरै हुन्छन । केही फेरी धेरै नेटवर्थ भएका व्यक्तीहरुबाट पनि फण्ड प्राप्त हुन्छ ।

जस्तै उदाहरणको रुपमा तपाईहरुले एउटा कुनै कम्पनीमा लगानी गर्नुभयो तर त्यो कम्पनीले लामो समयसम्म पनि प्रतिफल दिन सकेन । यस्तो अवस्थामा के हुन्छ ?

यो भनाईले नै प्राइभेट भेन्चर कम्पनीमा किन लगानी गर्ने भन्ने प्रश्नको उत्तर दिन्छ । जस्तै मानौं तपाई एउटा व्यक्ती हो । हजुरसँग प्रयाप्त पैसा छ । र कुनै व्यवसायमा लगानी गर्नुभयो । त्यसमा एउटा व्यक्तीले त्यो कम्पनीको अगाडी–पछाडी, दायाँ–बाँया र त्यसको सम्भावना लगायतका सबै पक्षहरुको अध्ययन गर्न सम्भव हुँदैन । तर भेन्चर क्यापिटलमार्फत लगानी गर्दा त्यसको सबै पक्षको अध्ययन गरिएको हुन्छ । जस्तै उदाहरणकै रुपमा तपाईले कुनै औषधी उद्योगमा पैसा लगाउनुभयो, त्यसपछि सरकारले विदेशबाट आउने औषधीमा जुनसुकै रेटमा पनि आयात गर्नसक्ने गरी कानुन बनायो भने यहाँका स्थानीय औषधीका प्रोडक्टहरुको प्रस्तुती बलियो नहुन सक्छ । भनौं स्थानीय ब्यापार त्यती राम्रो नहुन सक्छ । त्यसैले बिजनेसमा पोलिसी रिक्स हुन्छ । ब्याजदरको पनि त्यतीकै रिक्स हुन्छ । यस्ता खतराहरु जुन एउटा व्यक्तीगत व्यवसायिको हातमा हुँदैन । त्यसैले व्यक्तीगत लगानीबाट भन्दा भेन्चर क्यापिटलमार्फत लगानी गर्दा बिजनेसको गहिराइको बारेमा गहन अध्ययन पनि हुन्छ र आफुले मोल्ने खतरा पनि विभाजित भएर जान्छ । त्यसैले एउटा व्यवसाय, एउटा लगानी डुबेपनि अन्य व्यवसाय र लगानीले त्यसलाई कभर गर्न सक्नेगरी भेन्चर क्यापिटलहरुले काम गरिरहेका हुन्छ । विश्वभरी के पनि भनिन्छ भन्दा भेन्चर क्यापिटलले लगानी गर्दा १० वटा कम्पनीहरुमा लगानी गर्छ भने ५ वटा कम्पनीहरु त डुब्छ नै भनेर लगानी गर्ने हो । त्यसैले १० वटा कम्पनीमध्य १/२ वटा कम्पनीले पनि १ सय गुणासम्म पनि रिर्टन दिनसक्छ, जसले गर्दा बाँकी सबै कम्पनीको रिक्स कभर गरिदिन सक्छ ।

अन्तमा आम जनमानसलाई प्राइइभेट इक्वीटी भेन्चर क्यापिटलको बारेमा के भन्नुहुन्छ ?

प्राइभेट इक्वीटी भेन्चर क्यापीटल भनेको नेपालमा भर्खरै स्थापित भइरहेको नयाँ लगानीको शक्तीशाली उपकरण हो । समग्र अर्थतन्त्रको विकासको लागि, लगानीकर्ताहरुको हितको लागि र लगानी पर्खिरहेका कम्पनीहरुको उत्तथान र प्रोत्सानको लागि यो अत्यन्तै महत्वपूर्ण लगानीको स्रोत हो । त्यसैले तपाईहरुले आफ्नो कम्पनीको विस्तार र आफै उद्यमी बनेर केही काम शुरु गर्दै हुनुहुन्छ भने सोच्नुस अब तपाईहरुलाई नयाँ लगानीको उपकरण उब्लब्ध भयो । त्यो प्राइभेट इक्वीटी भेन्चर क्यापिटल हो । यसले तपाईहरुको व्यवसायमा अर्को नयाँ गन्तव्य तय गर्न अर्थात नयाँ कामको थालनी गर्दै अगाडी बढ्नको लागि सहयोग गर्दछ । अझ व्यवसायमा चाहिने विज्ञता र प्राविधिक सहायताको लागि पनि यस कम्पनीले सहयोग गर्नेछ ।