काठमाडौं – काठमाडौं जिल्ला प्रहरी परिसरमा असोज महिनामा ८७० वटा उजुरी दर्ता भएको छ। जसमा आर्थिक अपराधका मात्रै ६२ वटा रहेका छन्। तथ्यांकअनुसार असाेजमा सम्पत्ति शुद्धीकरण सम्बन्धी एक वटा उजुरी दर्ता हुँदा २ जना पक्राउ परेका छन्।
साथै, हुण्डीसम्बन्धी कसुरमा १ वटा मुद्दा दर्ता भएको छ। जसमा २ जना पक्राउ परेका छन्, भने उनीहरूको बिगो ३४ लाख ९५ हजार पुगेको छ। प्रहरीका अनुसार, असोजमा ७४४ जना अभियुक्त पक्राउ परेका छन्। जसमा ७६ जना महिना अभियुक्त छन् भने, ६७१ पुरुष अभियुक्त रहेका छन्।
त्यस्तै, फैसला कार्यान्वयनतर्फ २१८ जना पक्राउ परेका छन्। उनीहरूको कैद अवधि ५५ वर्ष ४ महिना १२ दिन पुगेको छ भने जरिवाना रकम १ करोड ३१ लाख ८१ हजार पुगेको छ। त्यस्तै, यस महिनामा ४६४ वटा साइबर अपराधका घटनामा उजुरी परेको छ।







About Us
प्रतिक्रिया