काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १५ रातोमाटेबाट चाँदी जस्तो देखिने धातु १४ किलो १ सय ८० ग्रामसहित भारत रक्सोल बस्ने ५० वर्षीय रमेश कुमार साह सोनार समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले भारतको रक्सोलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ च ७०७९ नम्बरको कारलाई जाँच गर्दा कारको चार वटै ढोकामा भित्र पट्टीबाट फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त धातु फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







About Us
प्रतिक्रिया