कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा


काठमाडौं – कुथेली बुखरी स्मल हाइड्रोले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १८.९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १८ प्रतिशत बोनस शेयर रहेको छ भने (कर प्रयोजनको लागि) ०.९४ प्रतिशत नगद लाभांश रहेको छ।

कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले शेयरधनीलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।